Rule 9
घर बिदा
(१) प्रतिष्ठानमा काम गर्ने बालकले काम गरेको अवधिको बीस दिनको एक दिनका दरले पूरा तलब सहितको घर बिदा पाउनेछ । बालकले त्यस्तो बिदा बस्नुभन्दा अगावै व्यवस्थापकबाट बिदा स्वीकृत गराएको हुनु पर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र पर्ने प्रत्येक सप्ताहमा एक दिनको साप्ताहिक बिदा, सार्वजनकि बिदा र अन्य तलबी बिदा समेतलाई जनाउछ ।
(२) उपनियम (१) बमोजिम बालकले पाउने घर बिदा बढीमा छत्तीस दिनसम्म संचित गरी राख्न सकिनेछ ।
(३) कुनै बालकले राजिनामा गरी नोकरी छाडेमा वा अरू कुनै प्रकारले अवकाश प्राप्त गरेमा निजको संचित रहेको घर बिदा वापत निजले खाईपाई आएको पछिल्लो तलबको दरले हुने आउने एकमुष्ट रकम पाउनेछ ।